काठमाडौंमा नक्कली मदिरा बनाई बेचेको आरोपमा ९ जना पक्राउ
काठमाडाैं | माघ ३, २०८०
काठमाडौं: काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गरेको आरोमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भई मूलपानी बस्ने २८ वर्षका मनोज खत्री, रामेछाप घर भई कोटेश्वर बस्ने ३६ वर्षका विनोदकुमार कार्की र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने २७ वर्षका मोहन खड्का रहेका छन् ।
त्यस्तै सिन्धुली घर भई मूलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षका सुमन नगरकोटी, सिन्धुली घर भई कोटेश्वर बस्ने ४० वर्षका लेखबिक्रम थापा पनि पक्राउ परेका छन् ।
रामेछाप घर भई मूलपानी बस्ने २३ वर्षका महेश खत्री, २० वर्षका मनिष खत्री र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने १८ वर्षका रोशन कार्की पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार विनोद कार्कीको थलीस्थित भाडाको कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा बनाइ कालोबजारी गर्ने गरेको पाइएको थियो ।
उनीहरुले आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेका थिए । उनीहरुले नक्कली मदिराहरु बजार मूल्य भन्दा सस्तोमा दिने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह् राठौरले बताए ।
उनीहरुले बजारमा पाइने सामान्य मदिरालाई ब्राण्डेड रक्सीको बोतलमा मिसाएर बिक्री गर्ने गरेका थिए ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

