काठमाडौंमा नक्कली मदिरा बनाई बेचेको आरोपमा ९ जना पक्राउ
काठमाडाैं | माघ ३, २०८०
काठमाडौं: काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गरेको आरोमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भई मूलपानी बस्ने २८ वर्षका मनोज खत्री, रामेछाप घर भई कोटेश्वर बस्ने ३६ वर्षका विनोदकुमार कार्की र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने २७ वर्षका मोहन खड्का रहेका छन् ।
त्यस्तै सिन्धुली घर भई मूलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षका सुमन नगरकोटी, सिन्धुली घर भई कोटेश्वर बस्ने ४० वर्षका लेखबिक्रम थापा पनि पक्राउ परेका छन् ।
रामेछाप घर भई मूलपानी बस्ने २३ वर्षका महेश खत्री, २० वर्षका मनिष खत्री र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने १८ वर्षका रोशन कार्की पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार विनोद कार्कीको थलीस्थित भाडाको कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा बनाइ कालोबजारी गर्ने गरेको पाइएको थियो ।
उनीहरुले आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेका थिए । उनीहरुले नक्कली मदिराहरु बजार मूल्य भन्दा सस्तोमा दिने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह् राठौरले बताए ।
उनीहरुले बजारमा पाइने सामान्य मदिरालाई ब्राण्डेड रक्सीको बोतलमा मिसाएर बिक्री गर्ने गरेका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

